Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

आफ्नो जन्मदिनमा गायक सिताराम पोखरेलद्वारा छात्रवृत्ति प्रदान

admin

काठमाडौं । गायक सिताराम पोखरेलले आफ्नो जन्मदिनको अवसरमा छात्र सरोज शाहलाई आर्थिक सहयोग गरेका छन् ।  हरेका वर्ष पोखरेलले आफ्नो जन्मदिनको अवसरमा अनाथ, अपाङग, बृद–वृदा र असाहयहरुलाई सहयोग गर्दै आएका छन् ।

पढाईबाट बञ्चित हुन नपरो्स् र आर्थिक अभाव नहोस् भन्ने उदेश्यले सिटिटिई कलेज तीनकुनेमा अध्यनरत सरोज शाहलाई सहयोग गरेका हुन । श्रीमती रमा पोखरेल तथा सुबिधाविहिनहरुका लागि सिप र शिक्षाका अध्यक्ष सुधालाल मुल्मी, कार्यक्रम ब्यवस्थापक मनोहर कार्कीको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

आँखा को नानी हौ तिमी जस्तो चर्चित गीत गाएर चर्चाको शिखरमा पुग्न सफल पोखरेल अहिले हरेक नेपाली दर्शकको मनमा बसिसकेका छन् । २०४४ साल देखि निरन्तर सांगीतिक फाटमा लागेर एक सय पचास भन्दा बढि गीतहरुमा आफ्नो आवाज भरिसकेका उनले नेपालमा मात्र नभएर देश बिदेशमा समेत चर्चा कमाउन सफल भए ।

गायक पोखरेलले स्वदेशमा मात्र नभएर बिदेशमा पनि धेरै सम्मानहरु पाइसकेका छन् । पोखरेलले नेपाल पत्रकार महासंघ पर्सा, लाइन्स क्लब अफ पोखरा, लेखनाथ जेसिस, नेपाल भारत मैत्री संघ बाके, भानु कला केन्द्र बिराटनगर, पुर्वाञ्चल संगीत कलाकार संघ बिराटनगर, राष्ट्रिय गायन सम्मान, राष्ट्रिय नागरिक सेवा सम्मान लगायत अन्य धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पाईसकेका छन्

सगरमाथाको फेदी सोलुखुम्बु, खोटांग देखि भर्खरै मात्र दुबई, युके, अमेरिका,सिंगापुर, मलेसियामा सम्मान ग्रहण गरेका पोखरेलले नेपाल पत्रकार महासंघ पर्सा, लाइन्स क्लब अफ पोखरा, लेखनाथ ज्यासिस, नेपाल भारत मैत्री संघ बाके, भानु कला केन्द्र बिराटनगर, पुर्बाञ्चल संगीत कलाकार संघ बिराटनगर, राष्ट्रिय गायन सम्मान, राष्ट्रिय नागरिक सेवा सम्मान लगायत अन्य धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पाईसकेका छन l गायन संगै समाजसेवामा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका गायक पोखरेल मिजाशिला व्यक्तित्वका धनि पनि छन l

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको