Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

हामी मनुष्यलाई एकदिन मर्नुपर्छ: बालेन

Reporter

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले  लेखेका कविता ।

हामी मनुष्यलाई एकदिन मर्नुपर्छ,
कसैलाई याद हुँदैन,
दैनिक याद हुनु राम्रो कुरा पनि हैन
तर बिर्सिनु पनि त सही छैन

एकदिन यो पाऊले धर्ती टेक्दैन,
एकदिन यो शरीरले हुरी छेक्दैन,
एकदिन यो आँखाले संसार देख्दैन,
एकदिन हातले मनको कुरा लेख्दैन,
इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन,
एकदिन,
हामी जति बिकाऊ भए पनि,
आत्माले आफू बेच्दैन।।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको