Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

चर्चित गायक श्रीकृष्ण लुईटेलको भोजपुरी गीत “स्टाईल मारेलु ” सार्वजनिक(भिडियो सहित)

admin

“ए बा किन्देउ न भटभटे”, “बाँके बर्दिया”, “तेरो बाउ थोते”, “डल्लेकी बहिनी” लगायत दर्जनौं लोकप्रिय गीतहरु गाएर चर्चा कमाउन सफल चर्चित गायक श्रीकृष्ण लुईंटेल (बोकेदारी) भोजपुरी भाषाको गीतको भिडियो सहित “स्टाइल मारेलु” का साथ देखा परेका छन्। सामाजिक सचेतनामूलक धेरै गीतहरुमा पनि आवाज दिईसकेका गायक लुईंटेलको यो गीत भोजपुरी शैली भएपनि संदेशमुलक रहेको छ ।

पछिल्लो समय युवापुस्तामा देखिएको फेसन अनि हराउँदै गएको संस्कृतिपट्टी चोटिलो सन्देश प्रहार गरिएको गीत “स्टाइल मारेलु” मा उनकै शव्द र संगीत रहेको छ भने संगीत संयोजन डम्बर लिम्बूले गरेका छन । यसैगरी म्यूजिक भिडियोमा पनि उनी आफैं देखिएका छन भने उनलाई अनिशा ओलीलगायतका कलाकारले साथ दिएका छन । केशव रायमाझी, विपिन प्रसाइं, शोभिलाल मेचे, विशाल ढुंगाना र सविन मेचेले भिडियोमा श्रीकृष्णलाई साथ दिएका छन ।

भाइब्स क्रिएसनको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यस गीतमा उनको पृथक भोजपुरीआवाज नै सुन्न सकिन्छ​। श्रीकृष्ण आफैंले निर्देशन गरेको भिडियोलाई हेमन तामाङले सम्पादन गरेका छन भने कोरियोग्राफर राज सुब्बा लावती हुन ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको