Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

तीनजना सवार मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

Reporter

bike accident on biratanagar

रुपन्देहीको रोहिणी गाउँपालिका–४, सेमरहवामा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एकजनाको मृत्यु भएको छ । सो मोटरसाइकल समेत पल्टँदा त्यसमा सवार एकजना घाइते छन् ।

गए राति करिब पौने १० बजे तीनजना सवार लु७३प ८६४३ नम्बरको मोटरसाइकलले रोहिणी–४, पकडीका ६५ वर्षीय चन्द्रिका अहिर सवार साइकललाई ठक्कर दिएको थियो । अहिरको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार एक युवकको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय धकधईले नियन्त्रणमा लिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको