Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

युएईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट गायिका(भजन गीत)को अवार्ड गायिका सुनिता श्रेष्ठलाई प्रदान

admin

युएईको दुबईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट गायिका(भजन गीत)को अवार्ड गायिका सुनिता श्रेष्ठले जितेकी छिन् । नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजना तथा “पेजेन्ट नेपाल” को एसोसिएट्समा युएईको दुबईमा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो।
‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’भनिएको उक्त अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो। नेपालका चर्चित कलाकारहरुको प्रस्तुति सहित दुबईको एभेरष्ट क्लवमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित रहेको आयोजकले बताएका थिए ।

Sunita Shrestha

सुनिताले दुई दर्जन बढि भजन गितमा स्वर भर्नुको साथै “साई मेरा प्यारा”, “हे कृष्ण बलराम” जस्ता नेपाली भजन संग्रह समेत निकलिसकेकि छिन । गायन संगसंगै विगत १२ वर्षदेखि ॐ साई व्युटीपार्लरमार्फत व्युटिसियनको रुपमा अवद्द रहेकिन उनी मिस नेपाल, २०११ की प्रतिस्पर्धी समेत हुन। श्रेष्ठ राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरको भागवत महोत्सवहरुमा भजन गायनमा व्यस्त रहदै आएकि छिन।

श्रेष्ठले गायन(भजन) क्षेत्रमा पाएको सफलता तथा भजन गायनमा उनले दिएको योगदानकोको उच्च कदर गर्दै “वर्षको सर्वोत्कृष्ट गायन(भजन) “तर्फको अवार्ड प्रदान गरिएको मोडल सङ्गस अवार्डको एसोसियट्स रहेको पेजेन्ट नेपालका सिइओ तथा कार्यक्रम निर्देशक राज लुइटेले बताउनुभयो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको