Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

पाँचथरको हेवा खोलामा ट्रक दुर्घटना, एकको मृत्यु २ जना घाइते

Reporter

फिदिमबाट ताप्लेजुङ जाँदै गरेको ट्रक मेची राजमार्गस्थित हेवा खोलामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ट्रकमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।

ना २ ख ९२१५ नम्बरको ट्रक दुर्घटना हुँदा हिलिहाङ गाँउपालिका ७ का ३८ वर्षीय लक्ष्मी तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका तामाङको पाँचथर अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवरले जनाकारी दिनुभयो  ।

हिलिहाङ ७ का ट्रक चालक ४५ वर्षीय ज्ञानु थापा भनिने पारस मणि थापा र ३१ वर्षीय जीवन गदाईली दुर्घटनामा परी घाइते छन् । उनीहरुको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको