Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

सार्वजनिक यातायातको भाडा घट्यो, आजैदेखि लागू हुने (भाडादरसहित)

Reporter

सार्वजनिक यातायातको भाडादर घटेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिएसँगै यातायातको भाडादर घटेको हो ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ ।

यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईले दिएको जानकारी अनुसार घटाईएको भाडादर आजदेखि नै लागू हुनेछ । त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपियाँ घटेको छ । यसैलाई आधार बनाएर सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको