Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल एयरलाइन्सद्वारा ८३ करोड ९ लाख रुपैयाँ ऋण भुक्तानी

Reporter

नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको आषाढ महिनाको किस्ताबापतको सो रकम भुक्तानी गरेको हो ।

यस अघि निगमले २०७९ साल असारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

वर्तमान नेतृत्वले जिम्मेवारी सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको उनको भनाइ छ । नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मत सम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको पौडेलले बताए ।

निगमले विभिन्न निकायहरूमा रहेका पुराना बक्यौता रकम तिरेको छ भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको छ ।

यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्य योजना समेत तीव्र गतिमा अघि बढाइएको पौडेलले बताए ।

नयाँ ३ वटा जहाज खरिद गरेपश्चात् नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा दिन सकिने निगमको भनाइ छ । साथसाथै पर्यटन प्रवर्द्धन हुने, भाडा दरमा सन्तुलन कायम हुने र समग्र सेवा नै प्रभावकारी हुने एयरलाइन्सको विश्वास छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको