Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

जिकेसी नेपालद्वारा ‘मायाको घर’मा आश्रित वालवालिकालाई खाद्यान्न सहयोग

Reporter

काठमाडौं । ग्लोवल कायस्थ कन्फ्रेन्स नेपालले श्रावण महिनाको पहिलो सोमवारको अवसर पारेर किर्तिपुर स्थित बागभैरव ब्याङ्क्वेटमा रहेको ‘मायाको घर ‘ आश्रमका ३० बालबालिकालाई खाद्यान्न तथा पेय पदार्थ हस्तान्तरण गरेको छ । ग्लोवल कायस्थ कन्फ्रेन्स नेपाल(जिकेसी,नेपाल)का अध्यक्ष डा.पुनम कर्णका अनुसार मानव सेवा नै पहिलो धर्म भन्ने नीति अनुरुप स्थापित विश्वव्यापी संस्था जिकेसी अर्थात ग्लोबल कायस्थ कन्फ्रेन्स नेपालले देशका विभिन्न स्थानमा सामाजिक कार्यहरु गर्दै आईरहेको छ । यसै क्रममा संस्थाको नेपाल च्याप्टरका अध्यक्ष डा.पुनम कर्णको अगुवाईमा मायाको घरमा आश्रित वालवालिकाहरुका लागि विभिन्न खाद्यान्न सामाग्री सहित पेय पदार्थहरु वितरण गरिएको हो । सो वितरण कार्यक्रममा संस्थामा आवद्ध एजुकेशन सेलका अध्यक्ष अजन्ता दास दत्त, रोशन श्रीवास्तव, जिकेसी का अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।

संस्थाका ग्लोबल अध्यक्ष राजीव रन्जनले पहिल्याउनु भएको बाटो पछ्याउदै उहांको मार्गनिर्देशन अनुसार नेपालका विभिन्न स्थानमा आवश्यकता अनुसार शैक्षिक सामाग्री वितरण, राहत वितरण ,निशुल्क स्वास्थ्य शिविर लगायतका सामाजीक क्षेत्रमा आईपर्ने निशूल्क सेवाहरु उपलव्ध गराउदै आएको जानकारी नेपाल च्याप्टरकी अध्यक्ष डा.कर्णले जानकारी दिईन । वरिष्ठ उपाध्यक्ष,कौशलेन्द्र कुमार दास तथा महिला सेलका अध्यक्ष सविता रुबी दासका सुपुत्र कनिष्कको जन्मदिनको अवसर समेत पारिएको थियो ।

जिकेसी विश्वभर सवै कायस्थहरुको विश्वव्यापी प्लेटफर्म हो ।

सवै कायस्थहरुको सामाजिक,आर्थिक,शैक्षिक,राजनैतिक,सांस्कृतिक र आध्यात्मिक क्षेत्रहरुको उत्थान र विकासका निमित्त लागि पर्दै आएको छ । जिकेसी ग्लोबलको विभिन्न देशमा शाखाहरुको रहेको छ ।

जिकेसी युएईका अध्यक्ष,इर.मितेश कुमार कर्ण रहेका छन भने र अन्तर्राष्ट्रिय सह संगठन सबै एकाइको इन्चार्ज तथा वरिष्ठ उपाध्यक्ष जीकेसी नेपालका समेत उपाध्यक्ष सतिश कर्ण ,वरिष्ठ उपाध्यक्ष कौशलेन्द्र कुमार दास,अध्यक्ष महिला सेल सविता रुबी दास , महासचिव दिपक दत्त,सुमन कुमार कर्ण सचिव रहेका छन । यसै गरि अन्य सदस्यहरुमा रमण कर्ण, प्रशन्न कृष्ण दास, हिरेन्द्र लाल कर्ण, चन्द्रकान्त लाल कर्ण, हेमु मलिक रहेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको