Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

Reporter

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । गत शुक्रवार देखी सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

सचिवालयका सदस्यहरूले बोल्ने क्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आजको बैठक बिहान ९ बजेदेखि सुरु हुनेछ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा उक्त बैठक बस्नेछ ।

समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा हिजो सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा. विजय पौडेल र डा.गंगालाल तुलाधरले आफ्ना धारणा राखेका थिए । आजको बैठकमा अन्य नेताहरूले धारणा राख्ने छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको