Logo
06 Dec 2023    २० मंसिर २०८०, बुधबार

ताजा खबर

अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराइने: मेयर बालेन शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण ग्राउन्ड ह्यान्डलिङ खोसिएको विरोधमा नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता: एनसेल वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने: प्रधानमन्त्री दाहाल

अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता

Reporter

भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ ।

भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकका क्रममा सोमवार अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो ।उनीहरू बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ । ‘एकअर्काको चासो र सरोकारप्रति दुवै पक्ष संवेदनशील रहेको बारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो,’ अर्थमन्त्री डा. महतका चिनियाँ समकक्षीसँगको भेटबारे उल्लेख गर्दै उनको सचिवालयले भनेको छ, ‘मन्त्री डा. महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।’सन् २०१९ मा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपतिले गरेको सहयोग प्रतिबद्धताबारे पनि २ देशका अर्थमन्त्रीबीच कुराकानी भएको जनाइएको छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटका अवसरमा मन्त्री डा. महतले नेपाल र चीनबीच महत्त्वपूर्ण सीमानाकाबाट २ देश जोड्ने सडक परियोजना सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

सुरुङमार्गको प्रसङ्गमा टोखा–छहरे सुरुङ मार्ग चाँडो कार्यान्वयनमा आउने उनले आशा व्यक्त गरे ।  चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको