Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

‘लभ पर्‍या छ’ मा नायक तेज गिरी (भिडियो) एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट

नव ढुङ्गेलले हात पारे ‘सर्वाेत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

admin

युएईको दुबईमा सम्पन्न मोडल सङ्गस अवार्डको ‘सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक’ (लोक आधुनिक)को अवार्ड नव ढुङ्गेलले हात पार्न सफल भएका छन । गायक रवि सुवेदीको आवाजमा रहेको ‘माया उकाली’ बोलको गीतको म्यूजिक भिडियो निर्देशनबाट उनले उक्त अवार्ड  हात पारेका हुन । दुवईमा आयोजना भएको उक्त अवार्ड वितरण कार्यक्रममा कारणवश दुवईमा उपस्थित हुन नसकेका अवार्ड विजेताहरुलाई आयोजक संस्था मोडल सङ्गस नेपालले ‘काठमाडौ फेशन विक’को कार्यक्रम आयोजना गर्दै उक्त अवार्ड वितरण गरेको थियो । माननिय सांसद तथा पूर्व युवा तथा खेलकुद मन्त्री कमला रोकाको प्रमुख आतिथ्य एवं एनआरएनए आयरलैण्डका पूर्व अध्यक्ष तथा सल्लाहकार आयरलैण्डका लागी पर्यटन दुत गणेश प्रसाईको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रममा माननिय कमला रोकाको हातबाट म्यूजिक भिडियो निर्देशक नव ढुङ्गेलले उक्त अवार्ड थापेका थिए ।

गीतकार शंकर ज्वालाले रचना गरेका गीतलाई संगीतकार सुरेन्द्र श्रेष्ठ संगीत दिएका हुन । आर्टिष्ट नेपालको प्रोडक्सन रहेको भिडियोलाई माधव बेल्वासे सम्पादन गरेका हुन भने अमृत सुनुवारले छायांकन गरेका हुन । सन्दीप भुजेलको नृत्य निर्देशन रहेको भिडियोमा रवि सुवेदी, मोडल सुजाता आचार्य तथा रंजित पौडलेको अभिनय रहेको छ ।


अहिलेका व्यस्त र चल्तिका निर्देशकका रुपमा बेग्लै छवि बनाएका संचारकर्मी समेत रहेका नव ढुंङ्गेलले हाल सम्म ८० वटा भन्दा म्यूजिक भिडियो लगायत दर्जनौ विज्ञापनहरु निर्देशन गरिसकेका छन । १ दशक लामो समयदेखि मनोरन्जन क्षेत्रमा रहेर थुप्रै चर्चित गायक गायिकाहरुका गीतहरुको भिडियो निर्देशन गर्नुका साथै सयौं नवमोडलहरुलाई थुप्रै अवसरहरु प्रदान गर्दै राष्ट्र अन्तराष्ट्र क्षेत्रमा पहिचान दिलाउन सफल बनाउन उनले योगदान दिएका छन् । मोडलीङ्ग क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत विभिन्न संघ संस्थाले थुप्रै सम्मान प्राप्त गरिसकेका नव आर्टिष्ट नेपाल नेटवर्कका संस्थापक पनि हुन ।

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजना तथा “पेजेन्ट नेपाल” को एसोसिएट्स एवं इनास, युएईको सहकार्यमा युएईको दुबईमा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो।

‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’भनिएको उक्त अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो। नेपालका चर्चित कलाकारहरुको प्रस्तुति सहित दुबईको एभेरष्ट क्लवमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित रहेको आयोजकले बताएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको