Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौंको फोहोर विसर्जनमा आज पनि स्थानीयको अवरोध

Reporter

नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले मंगलबार पनि फोहोर फाल्न अवरोध गरेका छन् ।

स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेको कुनैपनि गाडी ल्यान्डफिल्ड साइट नगएको फोहोर मैला व्यवस्थापन संघले जनाएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासी बिहानैदेखि सडकमा निस्किएको बताएको छ। बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै सोमबारदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए ।

उनीहरूले हिजो काठमाडौं बाट फोहोर लिएर गएका टिपरलाई अवरोध गरेपछि टिपर फोहोर विसर्जन नगरी फर्किएका थिए । मंगलबार फोहोर बोकेको  गाडी नगएको बताएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको