
गायक युवराज छन्त्यालको नयां गीत ‘ पैसा वाला हेर्छन ‘ को भिडियो सार्वजनिक भएको छ । छन्त्यालकै शव्द तथा संगीतमा तयार भएको गीत उनको आफ्नै युट्युब च्यानल युवराज छन्त्याल ‘ Yubraj Chhantyal’ बाट सार्वजनिक गरिएको हो । कुमार थापाको एरेन्ज रहेको गीतको भिडियोलाई शिवन पोखरेलले निर्देशन गरेका छन । यादव देवकोटा,करिश्मा परियार तथा नविन पोखरेलको अभिनय रहेको भिडियोलाई आलोक वाग्लेले छायांकन गरेका हुन ।
सरोज केसीले सम्पादन गरेको भिडियोलाई क्यामेरामा विनय भारतिले सहयोग गरेका हुन । प्रवासमा रहेर पनि गीत संगीतमा सक्रिय छन्त्यालका थुप्रै गीतहरु सार्वजनिक भैसकेको छ । थुप्रै सफल गीतहरु संगीत तथा श्रृजना गरि सांगीतिक क्षेत्रमा फरक परिचय स्थापित गरिसकेका छन्त्याल राष्ट्रिय अन्तराष्ट्रिय अवार्डबाट समेत अवार्डेड भैसेका छन ।
लोकप्रिय समाचार