Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदनको संरचना

Reporter

काठमाडौं महानगरपालिकाले अनामनगरस्थित सुश्री भद्रकुमारी घले सेवा सदनको संरचनामा डोजर चलाएको छ ।

आज बुधबार दिउँसो महानगर प्रहरीको टोलीले सेवा सदनको भवनमा डोजर लगाएर भत्काएको हो । पञ्चायतकालमा सिन्धुलीबाट सांसद र सहायक मन्त्रीसमेत बन्नुभएकी घलेले आफ्नो सबै सम्पति सदनको नाममा राखेर समाजसेवा गर्दै आउनु भएको छ । सेवा सदन महानगरको भित्री सडकमा पर्ने भएता पनि सरकारी जग्गा मिचेर बनाइएको महानगरको दाबी छ । तर ८६ वर्षीया घलेले भने जग्गा आफ्नो नाउमा रहेको र लालपूर्जा समेत भएको बताउँदै आउनु भएको छ । महानगरले केही दिन अघि सेवा सदन खाली गर्न सूचना जारी गरेको थियो ।

सो सदनमा पुस्तकालय, संग्रहालय, आर्ट ग्यालरी, वाचनालयका साथै विद्यालय पनि छ । बिद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको