Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा बढी, तीन जना पक्राउ

Reporter

33 kg gold smuggling

राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  ८० देखि १ सय किलोग्रामसम्म अवैध सुन बरामद गरेको छ ।

 विभागका महानिर्देशक नवराज ढुंगानाले  ८० देखि १ क्विन्टल हाराहारीमा सुन बरामद भएको बताए ।  साथै सो प्रकरणमा तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको उनले बताए । मोटरसाइकल र स्कुटरको स्पेयर पार्ट्सको रूपमा मिसाएर हङकङबाट कार्गो गरी अवैध सुन ल्याइरहेको विशेष सूचनाका आधारमा बुधवार गठित स्पेसल टास्क फोर्सले उक्त सुन बरामद गरेको उनले बताए । उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको