Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

विमानस्थलमा सुन जाँचपास गर्ने कर्मचारी निलम्बित

Reporter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई निलम्बन गरिने भएको छ । मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’को नामबाट ठूलो परिमाण तस्करी भएपछि भन्सार विभागले जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने भएको हो ।

भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काकाअनुसार भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए । भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्ण रूपमा जिम्मेवार हुन्छन् । जाँचपासको सामान बाहिर लैजाने गेटपास पनि जाँचकीले बनाउनुपर्छ ।

यसैबीच विभागले घटनाका विषयमा छानबिन गर्न समिति बनाइएको छ । विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको हो । उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क–कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्नेछ ।

राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो । यसको यकिन विवरण खुलिसकेको छैन । हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’मा राखेर उक्त सुन ल्याइएको हो । विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको