काठमाडौं,२१ असोज- वुमन चेम्बर अफ कमर्श ट्रेड एण्ड हेल्थ कमिटिले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेकोको छ । बसन्तपुर स्थित हनुमान ढोका दरबार क्षेत्रमा आयोजित उक्त रक्तदान कार्यक्रम माझबाट करिब ५० जनाले रक्तदान गरेका छन् । सो रक्तदान कार्यक्रममाझबाट वुमन चेम्बर अफ कमर्शकी अध्यक्ष अन्जान शाक्य, अन्य प्रतिष्ठित महिला उधेमीहरु, चेम्बर सम्बद्ध ब्यवसायी, कर्मचारी एबम् शूभेच्छुकहरुले रक्तदान गरे । ‘दशैको बेलामा रगतको अभाव नहोस् भन्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो’ कार्यक्रम आयोजना गर्नूको उदेश्य बारे प्रकाश पार्दै वुमन चेम्बर अफ कमर्शकी सह-अध्यक्ष उर्मिला श्रेष्ठले बताइन । सो रक्तदान कार्यक्रम नेपाल चेम्बर अफ कमर्श, साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड, भक्तपुर क्यान्सर अस्पताल, बोबी मेडिसिन सप्लायर्स, एभियोन्ट सोलुसन र स्क्रीन प्रिन्टको सहयोगमाझ सन्चालनमा आएको हो ।