Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सेनाको संख्या कटौतीको निरर्थक बहस अनुचित : राप्रपा

Reporter

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली सेनाको विषयमा अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राप्रपाले बुधबार विज्ञप्ति जारी गर्दै योजनाबद्ध रुपमा नेपाली सेनाको संख्या घटाउने र सेनाविहीन राज्यको परिकल्पनाजस्ता विषयहरू रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको बताएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा केही स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै सेनाको सङ्ख्याबारे आएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान रहेको र यसबारे राप्रपा बहस गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठितम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रित गरिन नहुने राप्रपाको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको एकीकरणदेखि विश्वमा शान्ति कायम गर्ने कार्यमासमेत अलग पहिचान बनाएको नेपाली सेनाले विकास निर्माण सिमानाको रक्षा, सामरिक महत्व, वन्यजन्तु संरक्षण, हिमाली पर्वतमालाहरूलाई स्वच्छ राख्ने चुनौतीपूर्ण कार्यदेखि आन्तरिक सुरक्षा र विपद्को समयमा समेत प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवार भूमिका निर्वाह गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तोमा सेनाको सङ्ख्याबारे बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक रहेको राप्रपाको ठहर छ ।

देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने भएकाले नेपाली सेनालाई आफ्नो दायित्वबाट विमुख गराइने कुनै पनि प्रयासलाई स्वीकार गर्न नसकिने राप्रपाले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको