Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

सुन प्रकरणमा मेरो संलग्नता छैन : व्यवसायी मल्होत्रा

Reporter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब १०० किलो सुन प्रकरणमा मुछिएका व्यवसायी दीपक मल्होत्राले आफ्नो संलग्नता नभएको बताएका छन्। बिहीबार दिँउसो पत्रकार सम्मेलन गर्दै उनले विमानस्थलमा पक्राउ परेको सुनमा आफ्नो संलग्नता नभएको प्रष्ट पारेका हुन्।

मल्होत्राले भने,‘सुन आयातमा म र मेरो परिवार संलग्न छैन। मेरो साझेदार कम्पनी पनि संलग्न नरहेको स्पष्ट पार्न चाहन्छु।’

उनले प्रकाशित समाचार भ्रामक र कपोलकल्पित रुपमा आफ्नो नाम मुछिएको बताए। उनले आफूलाई कुनै जानकारीका लागि सोधपुछ नगरेको समेत बताए। उनले भने,‘अनुमानको भरमा स्रोतको हवाला दिँदै पत्रकारले समाचारमा मेरो नाम मुछेका छन्। तस्बिरसमेत राखेर मेरो सार्वजनिक जीवनमा प्रहार गर्न खोजेका छन्।’

मल्होत्राले आफू र आफ्नो परिवारले गरेको कारोबारको कर कानुनबमोजिम सरकारलाई तिरिरहेको उल्लेख गरे।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको