Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ बन्द

Reporter

कान्तिपुर टेलिभिजनले कमेडियन सन्दीप क्षेत्रीले सञ्चालन गर्ने कार्यक्रम ‘ह्वाट द फ्लप’ को प्रशारण बन्द गरेको छ ।

टेलिभिजनले सामाजिक सञ्जालमा एक सूचना राख्दै सो जानकारी दिएको हो ।

सो कार्यक्रमको आठौँ एपिसोडमा अभिनेता पल शाहसँगको अन्तरवार्ता प्रशारण गरिएको थियो । उक्त अन्तरवार्तामा सन्दीप र पलको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि उक्त एपिसोड युट्यूबबाट हटाइएको थियो । अहिले आएर कान्तिपुर टिभीले ह्वाट द फ्लप नै बन्द गर्ने निर्णय लिएको छ ।

कान्तिपुरले भनेको छ, ‘महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौँ । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौँ । ’
पल शाहको अन्तरवार्तापछि थप एउटा एपिसोड प्रशारण भएको थियो । उक्त एपिसोडमा सन्दीपले दुई हास्यकलाकार राजाराम पौडेल र किरण केसीलाई निम्त्याएका थिए । तर, अघिल्लो एपिसोडमा प्रशारित कार्यक्रमका विषयमा स्पष्ट आत्मालोचना नगरेपछि कान्तिपुर व्यवस्थापन सन्दीपसँग असन्तुष्ट बनेको बुझिएको छ ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको