Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रियस्तरको आइसागो

admin

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र प्राप्त गरेको छ ।

निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय प्रमाणपत्रले निगमको सेवा अन्तर्राष्ट्रिय मापदण्डको भएको बताउँदै निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले यसले व्यावसायिक सफलतामा थप टेवा पुग्ने बताए ।

‘आइएटिएज सेफ्टी अडिट फर ग्राउन्ड अप्रेसन’ विश्वका ग्राउन्ड ह््यान्डलिङ गर्ने उत्कृष्ट एयरलाइन्सलाई सर्टिफाइ गर्छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड सर्भिस प्रोभाइड’ गरेबापत अन्तर्राष्ट्रिय प्रमाणपत्र पाएको हो ।

निगमका सहायक प्रवक्ता शैलेश कङ्साकारका अनुसार निगमले केही महिनाअघि सो प्रमाणपत्र पाएको हो । यसको दुई वर्षीय अवधि हुन्छ ।
विमानस्थलमा हाल निगमका ग्राउन्ड ह्यान्डलिङ, इन्जिनियरिङ, क्यास र क्वालिटी फ्लाइट सेफ्टी विभागमा ९००भन्दा बढी कर्मचारी कार्यरत छन् ।

निगमले एक बोइङ र दुई एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएकामा पछिल्लो केही दिनयता एक मात्र बोइङ ग्राउन्डेड भएको थियो । थप दुई वाइड बडी खरिदका लागि निगमले पहिलो किस्ता रकम खरिद गर्ने कम्पनीलाई पठाइसकेको छ । निगमले हाल आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको