Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

Reporter

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ।

बैठकमा केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन। त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्। हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ।नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ।

बिहीबारको बैठकमा सुशासन र भ्रष्टाचारको विषय उठेको थियो। तर, संस्थापनइतर पक्षले मात्रै यो विषय उठाएको थियो। संस्थापन पक्षका नेताहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणको बचाउमा उत्रिएका थिए। इतर समूहले भने त्यसको खुलेरै त्यसको विरोध गरेको थियो।

उनीहरूले पार्टी पदाधिकारीबीच देखिएको फरक मतले पार्टी बलियो हुन नसक्ने बताए। त्यस्तै प्रदेश सभापतिहरूले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै नेतृत्वप्रति आक्रोश पोखे। अधिकांश सदस्यले गुटबन्दी मौलाएको, सरकार र पार्टीबीच समन्वय हुन नसकेको र पार्टी विधानअनुरूप चल्न नसकेको धारणा राखे।

त्यस्तै केही नेताहरुले कोशी प्रदेश नामकरणमा पार्टीले आधिकारिक धारणा नबनाएको भन्दै प्रश्न गरे। यस्तै, सदनमा पार्टीको उपस्थिति कमजोर भएकाले संसद बैठकमा जानु पूर्व सल्लाह गर्नुपर्नेमा पनि नेताहरूको जोड थियो।

बैठकमा सह-महामन्त्रीहरूलाई जिम्मेवारी नदिइएको, भ्रातृ संस्थाहरूलाई पार्टीले मरणासन्न अवस्थामा पुर्‍याउँदा तीनै तहको निर्वाचनमा असर परेको, नातावाद हाबी भएको, पार्टीमा गुटबन्दीको अवस्था रहेकोलगायत विषय औँल्याएका थिए।

साउन २ गते सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा १० वटा एजेन्डा र विभिन्न प्रतिवेदनमाथि छलफल भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको