Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

तस्कर समूहले २ महिनामै २ हजार किलो बढी सुन भित्र्याएकाे अनुमान

Reporter

33 kg gold smuggling

सुन तस्करले बिल्कुल नयाँ तरिका अपनाएर सुन तस्करी गरेको पाइएको छ।

बुधबार राजस्व अनुसन्धान विभागले भन्सार चेक भएर बाहिरिन लाग्दै गर्दा १ सय ५५ केजीभन्दा बढी तौलको सुन पक्राउ गरेपछि यो प्रकरणको जालो उच्च तहसम्म नै रहेको अनुमान गरिएको छ ।

विभागले मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’भित्र लुकाएर ल्याएको सुन बरामद भएपछि सुन तस्करीको नयाँ शैली खुलेको हो । सुनमा कालो पदार्थले लेपनसमेत गरिएको थियो ।

विभागका अनुसन्धान अधिकृतले अनुसन्धान गर्दा सो सुनको कारोबार रेडी ट्रेड प्राइभेट लिमिटेडमार्फत हुँदै आइरहेको पाइएको छ । विभागको विशेष टोलीले रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल र अन्य दुई जनालाई नियन्त्रणमा लिइसकेको छ ।

प्रारम्भिक अनुसन्धानमा यसअघि पनि पटक–पटक रेडी ट्रेडले ब्रेक सु आयात गरेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सारबाट दुई महिनामा करिब २२ पटक यस्तै ‘ब्रेक सु’ आयातपछि सुरक्षा जाँच गरेर लगेको देखिएको स्रोतले बतायो । यो प्रकरणमा केही व्यावसायिक घराना र राजनीतिक नेतृत्वसमेत मुछिएको हुन सक्ने विभागका अधिकारीहरूको आशंका छ ।

विभागले गरेको अनुसन्धानका आधारमा दुई महिनाको अवधिमा झण्डै २२ अर्ब मूल्य बराबरको २२ क्विन्टल सुनको तस्करी भएको अनुमानसमेत गरिएको छ ।

अनुसन्धान अधिकृतहरूका अनुसार दुई महिनाको अवधिमा आयात गरिएका ती ब्रेक सुहरू कहाँ गए भन्ने बारेमा समेत गहन अध्ययन आवश्यक देखिएको छ ।

यो घटना र विगतको प्रकृति हेर्दा यसअघि पनि अहिलेकै शैलीमा सुन तस्करी भएको अनुमान सहजै गर्न सकिने विभागका एक अनुसन्धान अधिकृतले बताए । अनुसन्धान अधिकृतहरूले २ महिनाको अवधिमा भएका यस प्रकारका आयातको बारेमा समेत गम्भीर अनुसन्धान गरिने जानकारी दिए । उनले भने– ‘यसअघि ब्रेक सु भनेर आयात हुँदा पनि आजजस्तै तरिका अपनाएको हुन सक्छ र हरेक पटकमा १०० किलोका दरले ब्रेक सु आएको हुन सक्छ ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको