Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

गृहमन्त्री श्रेष्ठ त्रिभुवन विमानस्थल अनुगमनमा

Reporter

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवर  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगममा पुगेका छन्। गृहमन्त्रीसँगै भन्सार विभाग महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभाग महानिर्देशक झलकराम अधिकारी पनि सँगै छन्।

त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो अवैध सुन बुधबार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेर अनुसन्धान गरिरहेको छ। असार ३० मा हङकङकबाट काठमाडौं ल्याइएको सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानले देखाएको छ।

क्याथे प्यासेफिक एयरवेजको उडानमार्फत आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ। सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक जिक्वाङ लिनसहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको