Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

रेडियो, टेलिभिजनले अब गीत बजाउँदा रोयल्टी तिर्नुपर्ने

Reporter

रेडियो, टेलिभिजन लगायतले अब गीत बजाउँदा रोयल्टी तिर्नुपर्ने भएको छ । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले रोयल्टी नतिर्ने रेडियो-टिभीलगायतलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ ।

रोयल्टी नतिर्ने रेडियो, टिभीलाई गीत नबजाउन भन्ने र बजाइयो भने कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी कारबाहीमा जाने संघले निर्णय गरेको संघका अध्यक्ष चेतन सापकोटाले बताए ।

रोयल्टी नपाएसम्म रेडियो, टिभीमा गीत नबजाउने सहमति सांगीतिक संघसंस्थाहरू बीच भएको समेत सापकोटाले जानकारी दिए ।

बैठकले संगीतकार सुरेश अधिकारीका सांगीतिक कृति प्रसारण नगर्ने भन्ने रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघको निर्णयप्रति पनि आपत्ति जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको