Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

Reporter

pushpakamal dahal prachanda

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको खाद्यसम्बन्धी सम्मेलनमा सहभागी हुन इटाली प्रस्थान गरेका छन् ।

सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै इटाली प्रस्थान गरेका हुन् ।

इटाली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अति विशिष्ठ कक्षमा उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगाएतले विदाई गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो ।

श्रावण ८ गतेदेखि संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै उहाँ साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलमासमेत सहभागी हुने तय भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्ड आगामी १२ गते स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको