
क्यानडामा उच्च शिक्षाका लागि जाने तयारीमा रहेका र भिषा आइसकेका विद्यार्थीहरुको आत्मविश्वास बढाउने र थप जानकारी दिने उद्धेश्यले गोरेटो कन्सलट्यान्सीले एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । राजधानीमा आयोजीत कार्यक्रममा भिषा लागिसकेका ३ सय बढी बिद्यार्थी र उनीहरुका अविभावकहरुलाई सुसुचित गराउने, क्यानडा जानु अघि के-कस्ता सामाग्रीहरुको आवश्यकता पर्छ, भिषा आएको कति समयमा टिकट लिने, सपिगं कसरी गर्ने भन्ने लगायतका दर्जन बढी विषयमा अन्तरक्रियात्मक कार्यक्रमका अवसरमा जानकारी दिइएको थियो ।
सो अवसरमा सिनियर काउन्सलर तथा गोरेटोका सिइओ समेत रहेका धिरज कँडेलले क्यानडा जानु पुर्व अपनाउनुपर्ने सावधानी, क्यानडा पुगिसकेपछि काम खोज्ने तरिका, लगायतका विषयमा जानकारी दिएका थिए । सिइओ कँडेलले भिषा आइसकेपछि भ्याक्सिन लगाउनुपर्ने, टिकट कसरी लिने र पासपोर्टको ख्याल कसरी राख्ने, जानुपूर्व भ्यालिड मेडिकल रिपोर्ट बनाउने, कलर एनओसी, क्यानेडियन डलर कति साट्ने, अन्य सामाग्रीहरु के के लैजाने, भन्ने लगायतका विषयमा जानकारी दिएका थिए । सिइसो कँडेलले नेपालमा नै सपिगं सस्तो हुने भएकाले अत्यावश्यक सामाग्रीहरु यहीँ किन्न र सम्भव भएमा ल्यापटप र मोवाइल पनि सँगै लैजान पनि सुझाव दिएका थिए ।
सो अवसरमा अर्का सिनियर काउन्सलर तथा एसओपी समिक्षक समेत रहेका शतिस भट्टले विदेशमा विद्यार्थीहरु फ्रस्टेशनमा जाने संभावना बढी हुने भएकाले त्यसबाट कसरी बच्ने भन्ने विषयमा सावधानी अपनाउने तरिका, कसरी व्यस्त बन्ने ? परिवारसँग नियमित सम्पर्कमा कसरी आउने र मनोरोग लगायतका समस्याबाट बच्चे उपायहरुका बारेमा जानकारी दिएका थिए । त्यस्तै क्यानडाको समाजमा नेपालको तुलनामा स्वतन्त्रता हुने भएकाले बिद्यार्थीहरु छिट्टै लागू औषधको लतमा फस्न सक्ने जोखिम हुने भएकाले यसबाट अहिले नै सुसुचित हुँदै सर्तकता अपनाउने कुरामा जोड दिए ।
त्यस्तै सो अवसरमा गोरेटोका संचालक मध्येका एक राम खड्काले विदेश जाँदा ट्रान्जिटमा आउने समस्या र अपनाउन पर्ने उपायहरुका बारेमा जानकारी दिएका थिए । उनले ट्रान्जिटमा आत्मविश्वास बढाउनुपर्ने, सोधिएका प्रश्नको उत्तर नडराई बताउने लगायतका टिप्सहरु दिएका थिए । कार्यक्रममा बोल्दै खड्काले बिद्याथीहरुले क्यानडामा आदर सत्कार, कृतज्ञता दर्शाउनुपर्ने टिप्सहरु दिउका थिए । उनले क्यानडामा व्यक्ति ठूलो होस् वा सानो सबैले नामले नै बोलाउने प्रचलनका बारेमा पनि जानकारी दिएका थिए ।
त्यस्तै गोरेटोका सिनियर काउन्सलर प्रकाश रेग्मीले आफ्नो लामो समयको डेनमार्क बसाईको अनुभव सुनाउँदै विदेशमा सबै कुराहरु आफ्नो बसमा नहुने हुँदा परिस्थिती अनुसार चल्नुपर्ने भएक कारण कुनै मोडमा पनि आत्तिन नहुने र आँफु जति खुल्न सक्यो त्यति नै सिक्ने र कमाउने अवसरहरु आउने कुरामा जोड दिए । उनले क्यानडामा काम खोज्ने टिप्सहरु, आत्मविश्वास बढाउने तरिका, नयाँ समाज र परिस्थितिमा घुलमिल हुने तथा सामना गर्ने तरिकाहरुको विषयमा पनि जानकारी दिए ।
त्यस्तै रेग्मीले विदेशमा अध्ययनको क्रममा रहँदा आफ्नो मातृभूमि, धर्म, संस्कार र परिवारलाई कहिल्यै नबिर्सी आफ्नो करियरमा लाभ हुने तरिकालाई आत्मसाथ गर्दै अघि बढ्न सुझाव दिए । क्यानडामा रहँदा वैधानिक हिसावले रहेर त्यहाँको कानुन तथा बिद्यार्थीको भिषाआज्ञा अनुसार पढाई तथा कामको अवधीको सिमा ननाघ्ने गरी पढ्न तथा काम गर्न सुझाव दिए । ठूलो संख्यामा बिद्यार्थी र अविभावकहरुको उपस्थिती रहेको कार्यक्रममा ३ पटकसम्म गिनिज बुफ अफ वल्र्डस रेकर्डमा नाम लेखाइसकेका नवल पंजियारले आत्मविश्वास बढाउने, सकारात्मक सोच बढाउने, स्मरण शक्ति बढाउने लगायतका टिप्स दिएका थिए ।