Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

Reporter

ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राई छन्।

उनलाई शुक्रबार अपराह्न पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए।

शुक्रबार दिउँसो चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि राईले निर्घात कुटपिट गरेका थिए।

चापागाउँ दोबाटोमै मोबाइल पसल रहेको राईले ट्राफिक व्यवस्थापनमा काम गरिरहेका हवलदार  शाहसँग निहुँ खोजी एक्कासी कुटपिटमा उत्रिएको एसपी कार्कीले बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको