Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सार्वजनिक यातायातका चालक र सहचालकले अब अनिवार्य पोसाक लगाउनुपर्ने

Reporter

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका चालक र सहचालकले अब अनिवार्य पोसाक लगाउनुपर्ने भएको छ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका कर्मचारीले यातायात पोसाक लगाउनुपर्ने नियम बनाएको छ। उनीहरूलाई परिचयपत्र पनि वितरण गरिएको छ।

यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आइतबार आयोजना गरेको एक कार्यक्रममा यातायातमन्त्री प्रकाश ज्वालाले पोसाक र परिचयपत्र वितरण गरे।

मन्त्रालयले सार्वजनिक यातायात सफाइ अभियान पनि सुरु गरेको छ। सरकारको अभियानमा  यातायात महासंघले सार्वजनिक बसको सफा राख्ने  प्रतिवद्धता गरेको छ।

उक्त कार्यक्रमअन्तर्गत अब उपत्यकामा रहेका सबै सार्वजनिक सवारीसाधनमा पोसाक र सफाइ अभियान सञ्चालन हुनेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको