Logo
30 Nov 2023    १४ मंसिर २०८०, बिहीबार

ताजा खबर

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः केपी शर्मा ओली सेयर बजार चौथो दिन पनि घटेर बन्द महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैन : गृहमन्त्री श्रेष्ठ जाजरकोट भूकम्प: पालमा बस्दै आएकी बालिकाको मृत्यु

६ दिने लामो कम्बोडिया भ्रमण सकेर ओली आज स्वदेश फर्किँदै

Reporter

pm-kp-brt

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् ।   कम्बोडियाको ६ दिने भ्रमण सकेर ओली आज राति १० बजे स्वदेश फर्किने  उनको सचिवालयले जनाएको छ।

अध्यक्ष ओली साउन २ गते कम्बोडिया प्रस्थान गरेका थिए। ओलीले कम्बोडियामा भएको आम निर्वाचनको पर्यवेक्षण गरेका थिए। ओली नेतृत्व टोलीले टौल कोर्क प्राथमिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको थियो। त्यहाँ एक जना ९२ वर्षीय मतदाताले समेत मतदान गरेका थिए।

निर्वाचन पर्यवेक्षणकै लागि कम्बोडिया पुगेका श्रीलङ्काका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग ओलीले भेटवार्ता गरेका थिए। कम्बोडिया बसाइका क्रममले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग पनि भेट गरेका थिए।

अध्यक्ष ओलीसँग पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य लगायत सहभागी छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको