Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

६ दिने लामो कम्बोडिया भ्रमण सकेर ओली आज स्वदेश फर्किँदै

Reporter

pm-kp-brt

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् ।   कम्बोडियाको ६ दिने भ्रमण सकेर ओली आज राति १० बजे स्वदेश फर्किने  उनको सचिवालयले जनाएको छ।

अध्यक्ष ओली साउन २ गते कम्बोडिया प्रस्थान गरेका थिए। ओलीले कम्बोडियामा भएको आम निर्वाचनको पर्यवेक्षण गरेका थिए। ओली नेतृत्व टोलीले टौल कोर्क प्राथमिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको थियो। त्यहाँ एक जना ९२ वर्षीय मतदाताले समेत मतदान गरेका थिए।

निर्वाचन पर्यवेक्षणकै लागि कम्बोडिया पुगेका श्रीलङ्काका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग ओलीले भेटवार्ता गरेका थिए। कम्बोडिया बसाइका क्रममले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग पनि भेट गरेका थिए।

अध्यक्ष ओलीसँग पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य लगायत सहभागी छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको