Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

‘सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक’ (आधुनिक तर्फ)को अवार्ड प्रदिप श्रेष्ठले हात पारे

admin

युएईको दुबईमा सम्पन्न मोडल सङ्गस अवार्डको ‘सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक’ (आधुनिक तर्फ)को अवार्ड प्रदिप श्रेष्ठले हात पारेका छन । राजेश पायल राई तथा जुनु गौतमको आवाजमा रहेको ‘मिठो मिठो प्रित बनोस’ बोलको गीतको म्यूजिक भिडियो निर्देशनबाट उनले उक्त अवार्ड हात पारेका हुन । दुवईमा आयोजना भएको उक्त अवार्ड वितरण कार्यक्रममा उपस्थित हुन नसकेका अवार्ड विजेताहरुलाई आयोजक संस्था मोडल सङ्गस नेपालले ‘काठमाडौ फेशन विक’को कार्यक्रम आयोजना गर्दै उक्त अवार्ड वितरण गरेको थियो । माननिय सांसद एवं पूर्व युवा तथा खेलकुद मन्त्री कमला रोकाको प्रमुख आतिथ्य एवं एनआरएनए आयरलैण्डका पूर्व अध्यक्ष तथा सल्लाहकार आयरलैण्डका लागी पर्यटन दुत गणेश प्रसाईको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रममा माननिय कमला रोकाको हातबाट म्यूजिक भिडियो निर्देशक प्रदिप श्रेष्ठले उक्त अवार्ड थापेका थिए ।


अहिलेका व्यस्त निर्देशकका रुपमा अलग्गै पहिचान बनाउन सफल प्रदिप कुशल नृत्यनिर्देशक समेत हुन । नृत्य निर्देशक संघका वरिष्ठ उपाध्यक्ष प्रदिपले सयौको संख्यामा भिडियो लगायत दर्जनौ विज्ञापनहरु निर्देशन गरिसकेका छन । भने थुप्रै चलचित्रहरुमा नृत्यनिर्देशको रुपमा सफल चलचित्रहरु दिएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको