Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

दुवई र अवुधावीमा ‘आउनै पर्छ नाईट २’ हुदै

Reporter

युएई । नेपालीहरुको वैदेशिक रोजगारीका लागि मात्र होईन व्यापार व्यवसायका लागि समेत उत्कृष्ट रोजाईमा पर्ने देश युएईमा लाखौं नेपालीहरु रहेका छन । प्रवासमा रहेर आफ्नो व्यस्त समय मनोरन्जनका लागि छुट्याउदै आएका नेपालीहरु बेला बेलामा भैरहने विविध कार्यक्रमहरुमा सहभागी भै मनोरन्जन लिने गर्दछन । यस्तो मनोन्जनको माध्यम बनेको छ नेपालीहरु आफैले संचालन गरेको ईभेन्ट कम्पनीहरु । यसैक्रममा दुवईमा रहेको जिरो टू वान इभेंट म्यानेजमेण्ट कम्पनीले आउदो २९ जुलाई २०२३  याक एण्ड यति एभरेष्ट क्लब ,बरदुबई र ३० जुलाई २०२३ मनिला बे ईमिरेट्स प्लाजा होटल अवुधाबीमा नेपालका ख्याति प्राप्त गायक नितेश जंग कुवर, समृद्धि राई लगायत नेपालकै बेस्ट लेडीज़ डिजे नानी र युएई को चर्चित क़ाब्या ब्यांड र होस्ट सरू को साथमा सांगीतिक धमाका हुन गई रहेको छ।
लामो समयदेखि युएईका विभिन्न शहरहरुमा यस कम्पनीले बिगतमा पनी यस्ता सांगीतिक कार्यक्रमहरु सफलतापूर्वक आयोजना गर्दै आई रहेको छ। बैदेशिक रोज़गारमा रहेका नेपालीहरुलाई मनोरंजन दिने उद्देश्य रहेको कार्यक्रमका आयोजक दीपेंन शाही ठकुरीले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको