Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

अष्ट्रेलियासँग भारत ५ विकेटले पराजित मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने शंकर घिमिरेको‘तेल भिसा’मा विपिन र वर्षा कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक

बाघको आक्रमणबाट एक युवाको मृत्यु

Reporter

attacking-tiger-in-emotions

पश्चिम चितवनको कोटेनीमा बाघको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ कोटेनीमा माछा मार्न गएका युवालाई आज दिउँसो बाघले आक्रमण गर्दा मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय आशबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गर्दा बोटेको घटनास्थलमानै मृत्यु भएको हो । बोटेको शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको