Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

एएफसी कपका लागि मच्छिन्द्रद्वारा ८ नयाँ खेलाडी अनुबन्ध

Reporter

ए डिभिजन लिगको उपविजेता भएपनि एएफसी कप छनोट खेल्ने अवसर पाएको मच्छिन्द्र फुटबल क्लबले भुटानको पारो फुटबल क्लबविरुद्ध हुने खेलका लागि ८ नयाँ खेलाडी अनुवन्ध गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मच्छिन्द्रले टोलीको प्रशिक्षकको जिम्मेवारी किशोर केसीलाई नै दिएको छ । मच्छिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठले अनुबन्धित खेलाडीहरु एएफसी कपको लागि मात्र हुने बताए ।

लिग विजेता चर्च ब्वाइज युनाइटेडसँग एएफसी लाइसेन्स नभएको कारण उपविजेता बनेको मछिन्द्रले एएफसी कप क्वालिफर्यस खेल्ने अवसर पाएको हो ।

आगामी साउन २३ गते हुने खेलको लागि खेल स्थल अहिले नतोकिए पनि दशरथ रंगशालामा नै खेल हुने पक्का छ ।

मच्छिन्द्र र पारोबीचको खेल कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ ।

क्लबले अनुबन्ध गरेका नयाँ खेलाडीमा चर्च व्वाइजका आशिष चौधरी, संकटाका आयुष घलान, एरिक विष्ट (संकटा), खुमलटारका रेजिन सुब्बा,  रोहित सुब्बा र मेसुके ओलमोउ, थ्रीस्टारका लखेन लिम्बू र एपीएफका सनिष श्रेष्ठ छन् ।

अन्य खेलाडीमा देवेन्द्र तामाङ, दिवाकर चौधरी, करिम, सौरभ लिम्बू, विशाल श्रेष्ठ, अभिषेक गुरुङ ,अफिज ओलावाले, आन्द्रेस निया,विजय भुजेल, विमल घर्ती मगर, छिरिङ गुरुङ ,उत्सव राई, प्रदीप भण्डारी, दीपेश घले र सुरज विक रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको