
विराट नगरमा सम्पन्न भएको सातौ म्युजिक खबर अवार्डमा आधुनिक सुगम संगीत उत्कृष्ट मोडलको अवार्ड नायक श्रीदेव भट्टराईले चुमेका छन् । लामो समय देखी नेपाली कलाकारीता क्षेत्रमा सक्रिय भट्टराईले कोईलीको जस्तो बोलको गीतबाट अवार्ड प्राप्त गरेका छन् ।
न्यु जेनेरेसन फिल्म बाट नेपाली फिल्म जगत मा उदाएका एक प्रतिभा साली कलाकार हुन श्रीदेव भट्टराई । भारत को बम्बइ बाट फिल्म सम्बन्धी ज्ञान् हासिल गरेको नायक ले करिब पाँच दर्जन म्युजिक भिडियो मा अभिनय गरेका छन भने सात वटा फिल्म गरि सकेका छन। इलाम जस्तो भरिलो ठाउ मा जन्मिएका नायक भट्टराई को दुखका धेरै कथा छ। नेपाली चलचित्र का एक मात्र अनुशासित र अहिले सम्म बिबाद मा नमुछिएका कलाकार हुन ।
नेपाली कलाछेत्रको करिब एक महिनाको अन्तरालमा तीन वटा तेहि पनि छुट्टाछुट्टै गीत र फिल्मा अवार्ड लिने पहिलो अभिनेता हुन। चौथो क्यापिटल अवार्ड / मोर्ड्न सङ अवार्ड इन्टर्नेश्नल दुबै / अनि सातौ म्युजिक खबर अवार्ड पाएका छन। छोटो समयमा चर्चा बटुल्न सफल नायक एवं मोडल श्रीदेव भट्राईलाई राष्ट्रखवरको शुभकामना ।
