
राजस्व अनुसन्धान विभागले व्यवसायी राकेशकुमार अडुकियाको कमलपोरीस्थित घरमा बुधबार छापा मारेको छ ।
सय केजी सुन तस्करी प्रकरणमा शंका लागेपछि विभागले उनको घरमा छापा मारेको हो ।
गत मंगलबार विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएको सय केजी सुन विभागले बरामद गरेको थियो ।
विभागले भारतीय र चिनियाँ नागरिकतासहित उक्त प्रकरणको अनुसन्धनका लागि १६ जनालाई पक्राउ गरिसकेको छ ।
लोकप्रिय समाचार