Logo
30 Nov 2023    १४ मंसिर २०८०, बिहीबार

ताजा खबर

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः केपी शर्मा ओली सेयर बजार चौथो दिन पनि घटेर बन्द महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैन : गृहमन्त्री श्रेष्ठ जाजरकोट भूकम्प: पालमा बस्दै आएकी बालिकाको मृत्यु

कोशीमा नयाँ सरकार गठन गर्न ७ दिने म्याद

Reporter

मुख्यमन्त्री उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार महिनादिन नपुग्दै पुनः नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउने सर्वाेच्चले अदालतले आदेश दिएको छ ।

बिहीबार न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले अबको ७ दिन अर्थात साउन १७ गतेभित्र संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन आदेश जारी गरेको हो ।

सर्वाेच्चले अब कुनै पनि दलले बहुमत जुटाउन नसकेको खण्डमा संविधानको धारो १६८ (३) बमोजिम कुनै पनि प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न पनि बाटो खुलाएको छ । सर्वोच्चको आदेशसँगै प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्री बन्नेछन् ।

सभामुखको समर्थनमा मुख्यमन्त्री बनेपछि नेकपा एमालेका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको मुद्धा सर्वोच्च अदालतले सदर गर्दै मुख्यमन्त्री थापाको नियुक्ति बदर गरिदिएको छ ।

२१ असारमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापाले सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

असंवैधानिक नियुक्ती भन्दै एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीले तटस्थ भूमिका निर्वाह गर्ने सभामुखको हस्ताक्षरविरुद्ध सर्वाेच्चमा मुद्धा दायर गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको