Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

अष्ट्रेलियासँग भारत ५ विकेटले पराजित मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने शंकर घिमिरेको‘तेल भिसा’मा विपिन र वर्षा कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक

हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै रिट दायर

Reporter

नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) बढाएका कारण हवाई सेवा थप महँगो हुने भएकाले नाट्टाले भ्याट फिर्ताको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको हो।

नाट्टाका अध्यक्ष रमेश थापाले पर्यटन व्यवसायीले हवाई क्षेत्रमा लगाएको भ्याटले हवाई सेवा महँगो हुने भएकाले सरकारले गरेको प्रावधान सच्याउन पटक–पटक माग गर्दासमेत सुनुवाइ नभएकाले न्यायको ढोका ढकढक्याउन बाध्य भएको बताए।

“नाट्टाका पूर्वअध्यक्ष परिषद्, नाट्टाका सदस्य, कानुन व्यवसायी, कर परामर्शदाताको सल्लाह र नाट्टा बोर्डको निर्णयबाट कानुनी उपचारमा जाने निर्णयानुसार रिट दायर गरेका हौँ”, उनले भने। सरकार र निजी व्यवसायीको सहकार्यले मात्र पर्यटन क्षेत्रको दिगो विकास हुने नाट्टाले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको