Logo
30 Nov 2023    १४ मंसिर २०८०, बिहीबार

ताजा खबर

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः केपी शर्मा ओली सेयर बजार चौथो दिन पनि घटेर बन्द महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैन : गृहमन्त्री श्रेष्ठ जाजरकोट भूकम्प: पालमा बस्दै आएकी बालिकाको मृत्यु

समाजसेवामा फाइदा लिने मानिसहरु लागेर काम छैन : मन्त्री बस्नेत

Reporter

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरूको काम नहुने बताएका छन्।

शुक्रवार काठमाडौंमा ५८ औं रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उनले जनसेवा गर्ने संकल्प लिएकाहरू मात्रै समाजसेवामा राम्रो हुने बताए। मन्त्री बस्नेतले  नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरू महत्वपूर्ण रहेको बताए।

उनले देशमा अप्ठ्यारो परेको बेलामा र रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्वपूर्ण हुने बताए। उनले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताए।

उनले भने, ‘समाजसेवामा फाइदा लिने मानिसहरू लागेर काम छैन। जनसेवा गर्ने संकल्प लिएकाहरू मात्रै यो क्षेत्रमा ठीक हुन्छ। त्यसकारण नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्र जुनजुन क्षेत्रबाट भएपनि आजसम्म यो देशमा अप्ठ्यारो परेको बेलामा, रगत चाहिएको बेलामा दिँदै आएको छ। यो आफ्नो रगत दिएर अरुलाई बचाउने कुराको महत्व भनिरहनु पर्दैन। शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर लागेर हिँडेको मान्छे हुँ म।’

मन्त्री बस्नेतले काम जति पवित्र हुन्छन् त्यत्ति धेरै गुनासो आउने बताए। देशमा भएका फार्मेसीहरूको निरीक्षण गर्दा विधिसम्मत रुपमा नचलेका फार्मेसीहरू बढी रहेको पाइएको बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको