Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

काठमाडौंको चन्द्रागिरिमा गाडी दुर्घटना, २ जनाको मृत्यु

Reporter

चित्लाङदेखि काठमाडौंका लागि छुटेको  बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान चन्द्रागिरिमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका ४ चुनदेवीनजिकैको कच्ची सडकमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थानकोट प्रहरी वृत्तका डीएसपी नारायण अधिकारीले जानकारी दिए । दुर्घटनामा घाइते भएका तीन जनाको उद्धार गरिएको जानकारी उनले दिए।

गाडीमा चालकसहित ५ जना सवार थिए। थानकोटबाट डीएसपी अधिकारीसहितको टोली घटनास्थलमा पुगेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको