Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

राजधानीमा मिसेस गुरुङ्ग २०१७ प्रतियोगिता आयोजना हुदै

admin

एसके इन्टरटेन्मेन्टले राजधानीमा मिसेस गुरुङ्ग २०१७ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । असार २४ गते बाट अडिसन राउण्ड सुरु हुने र प्रतियोगितालाई नक्साल स्थित होटल क्राउन प्लाजाले हस्पिटीलिटी पार्टनरको रुपमा सहयोग गर्नुका साथै उक्त स्थानमा अडिसन गर्ने प्रवन्ध मिलाएको छ । विभिन्न जनजाति ,भेषभुसा एंव संस्कृतिको समागम रहेको हाम्रो देश नेपालको जातजातिसंग सम्बन्धीत सांस्कृतिक भेषभुा तथा रहन सहनमध्ये गुरुङ्ग जातिको कला ,संस्कृति भेषभुषा रीति रिवाज एंव रहन सहनलाई सम्बन्धित विवाहित गृहिणी व्यवसायिक महिला, दिदी बहिनी मार्फत अन्य जाति, समाज ,राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रर्वद्धन एंव समाजिकीकरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।
यस प्रतियोगितमा सहभागी हुनका लागि गुरुङ्ग जातिको विवाहित हुनुपर्ने, मानसिक रुपमा स्वस्थ हुनुका साथै उचाई कम्तिमा ५ फिट र गुरुङ्ग भाषा जानेका नेपाल अधिराज्यभरबाट ईच्छुक यस जातिका विवाहित महिलाहरुले सहभागी हुन सक्नेछन । मिसेस गुरुङ्गमा २५ जना महिलाहरु सहभागी हुनेछन् भने उनिहरुले आफ्नो सांस्कृतिक रीतिरिवाज ,चालचलनको बारेमा प्रदर्शन गर्नेछन् । गुरुङ्ग संस्कृतिको प्रवद्धन संगै समाजिक विकासमा महिला सहभागीता बढाउन र गुरुङ्ग महिला दिदी बहिनीलाई समाजिक ,राजनैतिक रुपमा अब्वल एवं उद्यमशिल बनाउन यस कार्यक्रमले टेवा पु¥याउने एसके इन्टरटेन्मेन्ट की अध्यक्ष शान्ता लामाले जानकारी दिइन् । यस अघि सफलता पूर्वक मिसेस तामाङ्ग सम्पन्न गरेकी शान्ताले उक्त कार्यक्रमबाट उत्साहित हुदै यस प्रतियोगितालाई पनि अझ उत्कृष्ट वनाउने दावी गरिन ।
यस प्रतियोतिको विजेतलाई नगद पुरस्कार, क्राउन तथा विभिन्न विधामा विजेताहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै थुप्रै गिफ्टह्याम्पर प्रदान गरिने र यसको ग्रेन्ड फीनाले साउनको दोस्रो साता राजधानीमा हुने आयोजकले जनाएको छ । कार्यक्रमको सगरमाथा टेलिभिजनले प्रत्यक्षप्रसारण गर्नेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको