Logo
01 May 2024    १९ बैशाख २०८१, बुधबार

ताजा खबर

जीबी राईकाे हत्या भएको र गृहमन्त्री संलग्न रहेको अभिव्यक्ति दिएका खनाल पक्राउ सशस्त्रका १६ डिआइजी र १८ एसएसपीको सरुवा पशुपतिको विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क श्रमिकका समस्या समाधानका लागि ‘श्रमाधान’ सेवा आजदेखि काठमाडौँ महानगरको सीप मेला, २०८१ जनालाई निःशुल्क ‘सिपमूलक तालिम’ आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

पूर्व मन्त्री भुसाल र उपमेयर सत्यालले फोहर टिप्दै लगाए झाडु

admin

ललितपुर, २२ असोज- पूर्व मन्त्री पम्फा भुसाल र ललितपुर महानगरपालिकाकी उप मेयर गीता सत्यालले सोमबार बिहान फोहर टिप्दै झाडु लगाएका छन् । उनीहरुले ललितपुर महानगरपालिका ०५ नम्बर वडा कार्यालयले २२ गते सोमबार राखेको वडा सरसफाइ कार्यक्रममा सरिक हुँदै नगर क्षेत्रमा फोहर टिप्ने र झाडु लगाउने काम गरेका हुन । त्यसो त उनीहरु मात्रै होइन ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठ, १९ नम्बर वडाका अध्यक्ष बिनोद ताम्राकार, अन्य जननिर्वाचित स्थानिय प्रतिनिध, कर्मचारी लगायतले नगर सफाइ अभियानका दौरानमा लगनखेल, कुमारीपाटी, मानभवन, महालक्ष्मीस्थान लगायतका अन्य क्षेत्रको सफाइका लागि हात बाढ्ए ।

ललितपुर महानगर स्थित मुख्य शहरी क्षेत्र अोगटेको ५ नम्बर वडाको सरसफाइ अभियानमा नेपाली सेना, नेपाल प्रहरी, टोल बिकास संस्था, ब्यापारिक एबम् सामाजिक संघ संस्था लगायतको साथ रहेको थियो । नगर क्षेत्रको सरसफाइ लगत्तै एक अौपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम माझमा प्रमुख अतिथीको आसनबाट सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा ललितपुर क्षेत्र नम्बर ०३ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित साम्सद पम्फा भुसालले नगर सफाइ अभियान आफैमा महत्वपूर्ण कार्यक्रम रहेको उल्लेख गर्दै यस कार्यले समाजको सौन्दर्यता बढाउनुका साथै जनस्वास्थ्यमा समेत टेवा मिल्न जाने हुँदा यसका निम्ती घर, टोल सबै एकजुट हुनुपर्ने बताइेन् । कार्यक्रममा बिशेष अतिथीको आसनबाट बोल्ने क्रममा ललितपुर महानगरपालिकाकी उप-मयेर गीता सत्यालले नगर क्षेत्रको सरसफाइमा तमाम नगरवासीको साथको सदैव खाचो रहने अौल्याउदै नगरमा थुप्रने फोहरको उचित ब्यवस्थापनका लागि महानगरपालिकाले आफ्नो श्रोत, साधन र सामर्थ्यले भ्याएसम्म समस्याको निदानका लागि पहलकदमी चाल्दै आएको बताइेन् । कार्यक्रममा ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठले ०५ नम्बर वडा कार्यालयले बिगतको बर्ष देखी दशै एबम् तिहारको पूर्व सन्ध्यामा सरसफाइ कार्यक्रमको आयोजना गर्ने गरेको स्मरण गर्दै मुख्य शहरी क्षेत्र अोगटने ०५ नम्बर वडालाई सधैं नै सफा र रोगब्याधीबाट भयमुक्त राख्न आफू सदैव कृयाशिल रहने प्रण गरे । त्यस्तै ललितपुर महानगरपालिका १९ नम्बर वडाका अध्यक्ष अध्यक्ष बिनोद ताम्राकारले जन स्वास्थ्य र समग्र नगरको बिकाससँगसंगै जोडिएर आउने सरसफाइको सवालमा सबै सरोकारवालाहरु गम्भिर बन्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा ललितपुर महानगरपालिका ०५ नम्बर वडाका सदस्य शोभा श्रेष्ठ प्रधान, कुमारीपाटी ब्यापार संघका अध्यक्ष पुष्परत्न शाक्य, कुमारीपाटी सोसियल ग्रुपका अध्यक्ष बीरेन्द्र श्रेष्ठ, नेप्सोम्याकका अध्यक्ष लक्ष्मी गेलाल लगायतले मन्तब्य धारणा राखेका थिए । सोही अवसर माझ ललितपुर महानगरपालिका ०५ नम्बर वडा कार्यालयले दशै एबम् तिहारको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै चियापान कार्यक्रम समेत सम्पन्न गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको