Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह खुलेन विमानका लागि युरोपेली आकाश, प्रतिबन्ध काय​मै नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकियो, शुक्रबार फैसला

नराम्रो काम गर्ने पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने: रवि लामिछाने

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा आबद्ध हुनु भनेकै उम्मेदवार बन्नु नभएको स्पष्ट पारे ।

उनले सही नेतृत्व छान्न सके मात्रै मिसन २०८४ सफल हुने बताउँदै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गरे । उनले देशमा राम्रा नारा सबैले लगाउने भन्दै नारा राम्रो भएर मात्रै नहुने र पारा राम्रो हुनुपर्ने बताए । सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको