दुबईमा आयोजना भएको मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट गायक लोक आधुनिक तर्फको अवार्ड गायक रवि सुवेदीले हात पारेका छन ।
‘माया उकाली ‘बोलको गीतबाट उनले उक्त अवार्ड जितेका हुन । दुवईमा आयोजना भएको अवार्ड कार्यक्रममा उपस्थित हुन नसकेका अवार्ड विजेताहरुलाई आयोजित अवार्ड वितरण कार्यक्रममा उपस्थित हुन नसकेका अवार्ड विजेताहरुलाई आयोजक संस्था मोडल सङ्गस नेपालले ‘काठमाडौ फेशन विक’को कार्यक्रम आयोजना गर्दै उक्त अवार्ड वितरण गरेको थियो । माननिय सांसद एवं पूर्व युवा तथा खेलकुद मन्त्री कमला रोकाको प्रमुख आतिथ्य एवं एनआरएनए आयरलैण्डका पूर्व अध्यक्ष तथा सल्लाहकार आयरलैण्डका लागी पर्यटन दुत गणेश प्रसाईको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रममा माननिय कमला रोकाको हातबाट कार्यक्रम गायक सुवेदी अमेरिकामा रहेकाले गीतका संगीतकार सुरेन्द्र श्रेष्ठले उक्त अवार्ड लिएका थिए ।
गीतकार शंकर ज्वालाले रचना गरेका गीतलाई संगीतकार सुरेन्द्र श्रेष्ठ संगीत दिएका हुन । गीतको म्यूजिक भिडियोबाट समेत सर्वोत्कृष्ट निर्देशन विधामा निर्देशक नव ढुङ्गेलले हात पारेका थिए । आर्टिष्ट नेपालको प्रोडक्सन रहेको भिडियोलाई माधव बेल्वासे सम्पादन गरेका हुन भने अमृत सुनुवारले छायांकन गरेका हुन । सन्दीप भुजेलको नृत्य निर्देशन रहेको भिडियोमा गायक स्वयं रवि सुवेदी, मोडल सुजाता आचार्य तथा रंजित पौडलेको अभिनय रहेको छ ।
लामो समयदेखि अमेरिकामा वसेर व्यापार व्यबसाय गर्दै आईरहेका रविले थुप्रै आधुनिक, नेवारी लगायत म्यासअप गीतहरु गाएका छन । करीब २ दशकदेखि सांगितिक क्षेत्रमा सक्रिय सुवेदी थुप्रै म्यूजिक भिडियोमा अभिनय समेत गरेका छन ।
नेपालका चर्चित कलाकारहरुको प्रस्तुति सहित दुबईको एभेरष्ट क्लवमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित रहेको आयोजकले बताएका थिए । अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको उक्त अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो ।