Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

गायिका सविना श्रेष्ठको ‘छोरी नम्बर वन’ को म्युजिक भिडियो आउदै

admin

काठमाडौं । गायिका सविना श्रेष्ठको ‘छोरी नम्बर वन’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । गम्भिर बिष्टको कोरियोग्रफि र निर्देशनमा रहेको म्युजिक भिडियोको सुटिङ सम्पन्न भएको हो ।

नेपाली सांगीतिक क्षेत्रमा उदाउँदो क्रममा रहेकी गायिका श्रेष्ठको यो चौथों गीत हो । गीतसंगीतमा निकै रुचि राख्ने गायिका श्रेष्ठलाई श्रीमानको पनि उत्तिकै सहयोग छ । कलाकारिता तथा कलाकारहरुलाई माया गर्ने उनका श्रीमान लोकेन्द्र श्रेष्ठ नेपाल प्रहरीका एस. पी. हुन् ।  श्रीमानको हौसलाले उनी यस क्षेत्रमा पहिचान बनाउने क्रममा छिन् ।

गीतका रचनाकार राजु बाबु श्रेष्ठ हुन् भने कम्पोजर हरि कर्माचार्यले गरेका छन् । भिडियोमा नायिका निश्मा घिमिरे र सुरेन्द्र बसेलको फिचरिङ रहेको छ ।

भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् । अरेन्ज साहस शाक्यको रहेको छ । भिडियो केहि दिनपछि सार्वजनिक गरिने गायिका सविनाले बताईन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको