Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

तनहुँमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३४ जना घाइते रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि अष्ट्रेलियासँग भारत ५ विकेटले पराजित मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने शंकर घिमिरेको‘तेल भिसा’मा विपिन र वर्षा कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै

अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी पनि सहकारी पीडित, बसे धर्नामा

Reporter

सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका छन् ।

६१ दिनदेखि माइतीघरमा सहकारी पीडितहरुको धर्ना जारी छ । त्यही धर्नामा नेपाली चलचित्रका दुई अभिनेत्रीहरु पनि सहभागी हुँदै दश घन्टे अनसन बसेका हुन् । सोमबार राति १० बजेसम्म उनीहरुले धर्ना दिने कार्यक्रम छ ।
अभिनेत्रीहरु आँसु बगाउँदै घरखर्च चलाउन पनि मुस्किल परेको हुँदा धर्ना बसेको बताउँछन् ।

फसेको रकम झिक्न पहल गर्न भन्दै बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन् । तर कहींबाट पहल नभएपछि आफूहरु सडकमा आएर धर्नामा बस्न बाध्य भएको बताए ।

चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको जनाइएको छ । साथै, उनीहरुको सामाजिक संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनको नामबाट सिभिल सहकारीमा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको उनीहरुको भनाइ छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको