Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च

डमरुलाई २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन

Reporter

अनैतिक गतिविधिमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको बताइएको छ।

गत शनिबार सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गरेको भिडियो बाहिरिएपछि उनी विवादमा आएका थिए। दमक नगरपालिकाका कर्मचारीहरुले आज विवादित निरौलालाई कार्यालय प्रवेशमा रोक समेत लगाएका थिए।

मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको टिकटक लाइभबाट सार्वजनिक भएपछि निरौलाले क्वार्टरमा आइतबार बिहानै रङरोगन गर्न समेत लगाएका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको