Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

जुबली शेर्पाले हात पारिन यो वर्षको ‘मिस नेपाल नर्थ अमेरिका’को ताज

Reporter

अमेरिका । अमेरिकामा सम्पन्न मिस नेपाल नर्थ अमेरिका प्रतियोगितामा जुबली शेर्पा मिस नेपाल नर्थ अमेरिका २०२३ को बिजेता बनेकी छिन । १८ जना प्रतियोगीहरु वीच भएको प्रतिष्प्रर्धामा जुबलीको उत्कृष्ट प्रस्तुतीले यो उपाधि जित्न सफल भएकी हुन । उनी संगै फष्टरनरमा रजिला बास्तोला र सेकेण्डरनरमा इसा सुवेदीले उपाधी हात पारेकी छन । सोलुखुम्बु खुम्जुङकी जुब्लि नेपालमा डेफोडिल बोडिङ स्कुलको अध्ययन पछि सन २०११ मा अमेरिकामा आएका थिए । उनी अहिले म्यानहृटनस्थित हन्टर कलेजमा पोलिटिकल साइन्स विषयमा अध्ययनरत छन ।

‘ मिस नेपाल नर्थअमेरिकाको उपाधि जित्न पाएकोमा धेरै खुसी लागीरहेको छ ‘ मलाई यहासम्म सहयोग गर्ने मेरो अभिभावक र सवै सहयोगीहरुलाई हादिर्क धन्यवाद दिन चाहान्छु । ‘ उनले भने-‘ नेपालमा हुदा नै मिस नेपालमा भाग लिने इच्छा थियो तर त्यतिबेला ८ बर्षको मात्र भएकोले संभव भएन । अमेरिकामा आएर मेरो मिस नेपाल हुने सपना पुरा भएको छ’ ।

जुबली आरोही शेरब जाङबु र आमा युटी शेर्पाको छोरि हुन । उनी जन्मेको वितिकै उनको बुबा शेरबले सगरमाथा आधारशिविरमा छोरिको नाम जुब्लि याङजी शेर्पा भनेर न्वारण गरेका थिए ।

मिस नेपाल नर्थ अमेरिकाको यो उपाधिपछि जुबलीको यात्रा नेपालमा पुगेर आफनो अनुभव साटने र केही सामाजिक कार्य गर्ने योजनामा छिन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको