Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज पार्टी एकता हुँदै

Reporter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज पार्टी एकता हुँदैछ । गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो।

 

आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणासभाका लागि अन्तिम तयारी पुरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो २ बजे एकता सभाको औपचारिक कार्यक्रम हुनेछ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकतासम्बन्धी सहमति गरिए अनुसार आज एकता सभा हुन लागेको हो ।

 

महामन्त्री बर्तौलाले सो एकतापछि नागरिकको हक अधिकारका लागि जनआन्दोलनको तयारीमा लाग्ने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको